23 Feb, 2026, Mon info@dccdhading.gov.np (+977)-010-520144
/ District Profile

District Profile

Updated at 6 June, 2024, Thursday

जिल्ला पार्श्वचित्र

स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ। चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

  • अक्षांस: २७ डिग्री ४०' उत्तरदेखि २८ डिग्री १७'
  • देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
  • क्षेत्रफल: 1926वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
  • सिमाना: पूर्व-काठमाडौँनुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला
  • सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
  • सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
  • सदरमुकाम: धादिङबेंसी (६४० मिटर)

पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।

त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।


More Notices

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ माघ २९ गते बिहीबार