16 Aug, 2025, Sat info@dccdhading.gov.np (+977)-010-520144
/ Brief Introduction

Brief Introduction

Updated at 6 June, 2024, Thursday

संक्षिप्त परिचय

धादिङ (धादिङ्ग) नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।

More Notices

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ श्रावण ७ गते बुधबार