उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा अवस्थित छ । जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा रहेको धादिङबेशी हो । जिल्लाकाे कुल क्षेत्रफल १९२४.९ वर्ग कि.मी रहेकाे छ । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ जसमा महिलाकाे संख्या १७८२३३ 〈५३.०३〉 प्रतिशत र पुरुषकाे संख्या १५७८३४ 〈४६.९७〉 प्रतिशत रहेकाे छ। त्यस्तै घरधुरी संख्या ७३,८५१ रहेकाे छ । यो जिल्लाको २७ं ४० मिनेट उत्तरदेखि २८ं ४० मिनेट उत्तरी अक्षांश र ८४ं ३५ मिनेट पूर्वदेखि ८०ं १७ मिनेट पूर्व देशान्तरसम्म फैलिएको छ । प्रसिद्ध गाणेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहाँको सवैभन्दा अग्लो हिमाल हो भने सबैभन्दा हाेचाे भाग जाेगीमारा २७५ मी हाे। यो जिल्ला मनोरम हिमदृश्य, हिमालय पर्वतबाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आंखु र बुढी गण्डकी नदीको सौन्दर्यता, चरण क्षेत्र, टारहरुको मनमोहक दृष्य तथा भैरवी मन्दिर, गुप्तेश्वर गुफा, त्रिपुरासुन्दरी माई, गंगा जमुना आदि प्रशिद्ध धार्मिक स्थलहरु भएकाे धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवं धार्मिक/सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा पनि परिचित छ।
भू आकृतिमा झन्डै बुटको आकारमा रहेको धदिङ जिल्लाको भौगोलिक फैलावट पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । साविकमा ५० गाविस रहेकाे याे जिल्लामा २०७१ सालमा तीन गाविस समेटेर नीलकण्ठ नगरपालिका घाेषणा भएपछि एक नगरपालिका र ४७ गाविस रहेका थिए । अहिले धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ नगरपालिका, ११ वटा गाउपालिका र जम्मा १०४ वटा वडाको रुपमा प्रशासनिक एवं राजनीतिक ईकाइहरुमा विभाजित छ । २०३२ सालभन्दा पहिला सुनौलाबजारमा रहेको सदरमुकाम हाल निलकण्ठ नगरपालिकामा स्थित धादिङबेंसीमा रहेको छ ।
यस जिल्लाका मुख्य बजारहरुमा धादिंगबेंसी, आरुघाट, किन्तांगफेदी, गजुरी, मलेखु, बैरेनी,आदमघाट, चरौदी,बेनिघाट, जोगीमारा, महादेवबेंसी, कटुन्जे, रिग्ने, खहरेबजार आदि रहेका छन् ।
धादिङ जिल्लामा पर्ने हिमालहरु
१. गणेश हिमाल – उँचाइ ७११० मी. २. पाविल हिमाल – उँचाइ करिव ७००० मी. भन्दा बढी
धादिङ जिल्लाका प्रमुख नदीनाला, झरनाहरु
१. त्रिसुली नदी, २. बुढी गण्डकी, ३. आँखुखोला, ४. गंगाजमुना झरना
जिल्लाका प्रमुख राजमार्गहरु
१. पृथ्वी राजमार्ग (नाैविसे – मौवाखोला जोगीमारा खण्ड) – ६७ कि. मी.
२. कालुपाण्डे राजमार्ग (मलेखुदेखि – धादिङबेसीसम्म) – १७.५ कि. मी.
३. त्रिभुवन राजमार्ग (सोप्याङ – नौविसे खण्ड) – ६७ कि. मी.
४. गल्छी – नुवाकोट राजमार्गको धादिङ खण्ड – २.२५ कि. मी.
५. धादिङवेसी – सल्यानटार (धादिङवेसी भकारे खण्ड)
जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु
भैरवी मन्दिर – नीलकण्ठ नगरपालिका , गुप्तेश्वर महादेव – गल्छी गाउँपालिका, त्रिपुरासुन्दरी माई – त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना माई – गंगाजमुना गाउँपालिका , सिद्धलेक महादेव – सिद्धलेक गाउँपालिका,
खाल्टेको होमस्टे – नीलकण्ठ नगरपालिका, चमेरे गुफा – नीलकण्ठ नगरपालिका, रानीमाला होमस्टे – गल्छी गाउँपालिका, कफी डाँडा – सिद्धलेक गाउँपालिका, नोहक गुफा – बेनिघाट रोराङ गाउँपालिका
अन्य सम्भावित पर्यटकीय स्थलहरु
१. महेशनारायण गुफा , धुनिवेसी नगरपालिका – २
२. कोटाकालिका, धुनिवेसी नगरपालिका – ४
३. तोप्लाङ , धुनिवेसी नगरपालिका – ७
४. गुप्तेश्वर महादेव मन्दिर , गल्छी गाउँपालिका – ३
५. रानीमाला भ्यूटावर , गल्छी गाउँपालिका – ८
६. होमस्टे, गल्छी गाउँपालिका – ५
७. बागबच्छला मन्दिर, गल्छी गाउँपालिका – ८
८. रणकालिका मन्दिर , गल्छी गाउँपालिका – ४
सम्भावित पर्यटकीय पदमार्गहरु
१. गणेशहिमाल देखि रुवीउपत्यका पदमार्ग (भागखर्क समेजोङ सत्यदेवी तिप्लिङ पालद्धार )
२. गणेशहिमाल पदमार्ग (फूलखकर्, रि , मान्च, बसेरी)
३. फाइभ हिल ट्रेक (सिद्धलेक, मैदीकोट, खरीकोट, ज्वालामुखी, ज्यामरुङ)
४. जुम्रे हिल साइड (पात्लेखाल्टे , चमेरे गुफा, धुँवाकोट, जुम्रे)
५. चेपाङ हिल पद मार्ग (चुरेपर्वतबाट चेपाङडाँडा हुँदै नवगुफाः एसियाको सबैभन्दा लामो गुफा) यो पदमार्गले धादिङको माथिल्लो भेग जिल्लाको तल्लो भाग र बेसीहरुलाई जोड्नेछ।(बेनीघाट रोराङ गा.पा)
६.तातोपानीबाट तिरगाउँ र रक्षत गाँउ पदमार्ग( सेतुङ र लापा, रुवीभ्याली गा.पा )
७. नेवेर गाउँ, रक्षत, खादिङ गाउँ( तिम्ला डाँडा, लापा, रुवीभ्याली गा.पा )
८. सोमदाङ, पाल्दोर डाँडा वेस क्याम्प, लिङ्गियो, चालिसे गाउँ (तिप्लिङ, रुवीभ्याली गा.पा)
९. चमेरे गुफा पदमार्ग (नीलकण्ठ नगरपालिका)
१०. खादिङ गाउँदेखि गणेश कुण्ड पदमार्ग (रुवीभ्याली गा.पा)
११. बल्छेदेखि सिंङ्लाभञ्ज्याङ पदमार्ग (रुवीभ्याली गा.पा)
१२.सोमदाङ हुँदै सम्पूर्ण रुवीउपत्यका पदमार्ग विस्तार गर्न सकिने ।
१३. तोप्लाङदेखि शक्तिखोरसम्मको हाइकिङ तथा पैदल रुट धुनीबेसी न पा –७
जिल्लाका प्रमुख कृषि तथा फलफूल उत्पादन स्थलहरुः
आलुवाली – रुवीभ्याली गा.पा, खनियाबास गा.पा, गंगाजमुना गा.पा, नीलकण्ठ न.पा, धुनीबेसी न.पा, थाक्रे गा.पा, गजुरी गा.पा, बेनीघाट रोराङ गा.पा, ज्वालामुखी गा.पा ।
अदुवा वाली – धुनीबेसी न.पा, थाक्रे गा.पा, नीलकण्ठ न.पा ।
सुन्तला खेती – बेनीघाट रोराङ गा.पा, सिद्धलेक गा.पा, नीलकण्ठ न.पा ।
तरकारी वाली – धुनीबेसी न.पा, थाक्रे गा.पा,नीलकण्ठ न.पा, सिद्धलेक गा.पा, बेनीघाट रोराङ गा.पा
गाविस संबन्धि थप विवरण को लागि यंहा क्लिक गर्नुहोस
जिल्ला संबन्धि थप जानकारीको लागि जिल्ला प्रोफाइल डाऊनलोड गर्नुहोस ।